२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

नेकपा एमालेले बोलायो सचिवालय बैठक

शुक्रवार , फाल्गुण १२, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १२ फागुन ।

    राष्ट्रपति उम्मेदवारका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी चलिरहेको बेला नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

    बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने अजेण्डालाई प्राथमिकता राखेर छलफल गर्नेछ । 

    बुधवार बिहान एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुबासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो । 
    सचिवालयको बैठकको निर्णयसहित दिउँसो ओलीले र प्रधानमन्त्री प्रचण्डसँग छलफल हुने बुझिएको छ ।