२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

जी २० अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान 

बिहिवार , फाल्गुण ११, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, ११ फागुन । 
    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । 

    जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त  अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम छ । 

    अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका हुन् ।    

    नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।  

    जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्रहरु छन् ।  अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।