images
images

शुक्रवार, जेठ ४ गते २०८१

राज्यको अनुभुति गर्न पाईएन : थारु समुदाय

राज्यको अनुभुति गर्न पाईएन : थारु समुदाय

images
images
images
बिहिवार, फाल्गुण ११ २०७९
बिहिवार, फाल्गुण ११ २०७९
  • राज्यको अनुभुति गर्न पाईएन : थारु समुदाय

    फाल्गुन ११ गते । राज्यको अनुभुति गर्न नसकीएको थारु समुदायहरुले बताएका छन । थारु आयोग तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको संयुक्त आयोजनामा भएको थारु समुदायहरुको उत्थान तथा सशक्तिकरणका लागी अन्र्तक्रिया कार्यक्रममा बोल्दै थारु समुदाय राज्यबाट अपहेलित भएको गुनासो पोखेका छन् । हरेक क्षेत्रमा थारु समुदायको सहभागिता कम भएको औँल्याउदै हकअधिकार सुनिश्चितका लागी थारु आयोग जोडदार लाग्नुपर्नेमा आग्रह गरेका छन् ।

    images
    images
    images

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै थारु आयोगका सदस्य डा.उमाशंकर चौधरीले शिक्षाको कमिले गर्दा थारु समुदाय सशक्तिकरण हुन नसकेको बताएका छन् । थारु समुदायको हक अधिकारको वकालत संगै क्षमता अभिवृद्धिका लागी विविध कार्यक्रम गर्दै अघि बढन् आयोग लागेको बताए । तिनै तहको सरकार सहयोगात्मक तरिकाले अघि बढ्नुपर्ने बताए । अधिकार प्राप्त गर्नका लागी थारु समुदाय नै क्षमतावान हुनुपर्ने बताए । थारुको संस्कृति हराउदै गएको देखेसो पोख्दै चौधरीले यसको जर्गना आयोग संगै स्वतस्फृत्र्त रुपमा सवै थारुहरुले गर्न पर्ने बताए ।

    यस्तै,कार्यक्रममा थारु आयोगका सदस्य शान्ती मोदीले आदीवासी जनजाति भित्र थारु समुदाय पर्ने भएता पनि अरु जाति संग रहनसहन नमिलेको बताइएकी छन् । २५ वटा जिल्लामा थारु समुदायको बाहुलियत रहेको जानकारी दिदै सदस्य मोदीले राज्यबाट पर्याप्त अधिकार नदिएको गुनासो राखिन् । पछिल्लो समय थारु समुदाय लक्षित कार्यक्रम सरकारले कटौति गरेको बताउदै यसो नगर्न सरकार समक्ष आग्रह गरिन् । समावेशिता सहितको अधिकार स्थापित गर्न आयोग लागी परेको बताउदै विविध कार्यक्रम आयोगले गर्न लागेको बताईन् ।

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसनमानले बोल्दै थारु समुदायको पक्षमा नगरले काम गर्ने बताएका छन् । अधिकार खोज्नका लागी थारु समुदाय एक भएर लिखित योजना लिएर आए नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै मेयर मुसलनमानले सवै जाती समुदायको स्थानीय सरकार लुम्बिनी साँस्कृतिक नगरपालिका भएको बताएका छन् । जनताको माग र आवश्यकता अनुसार नै काम गर्न आफुहरु आएको जिकिर गरेका छन् ।

    यस्तै,कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले थारु समुदाय र लुम्बिनी साँस्कृतिक नगरपालिकाको एतिहासिक तथा साँस्कृतिक सम्बन्ध भएको बताएका छन् । थारु समुदायको कुलबाट भगवान गौतमबुद्ध जन्मेको विभिन्न अनुसन्धानले देखाएको समेत बताएका छन् । भगवान गौतम बुद्धले प्रतिपादन गरेका पंञ्चशीलका सिद्धान्त अन्र्तगत पर्ने गुण तथा चरित्रहरु थारु समुदाय संगमा मेल खाने बताउदै सुसभ्य समाज निर्माणमा थारु समुदायले महत्वपुर्ण भुमिका निर्वाह गरेको औँल्याए ।

    कार्यक्रममा नगरपालिकाका उपप्रमुख कल्पना हरिजन,नगरपालिकाका सल्लाहकार सईद महोम्मत खाँ, थारु कल्याणकारिका केन्द्रीय पार्षद खुशीराम चौधरी, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.२का वडाअध्यक्ष इनामुल्लाह फकिर, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.७का वडाअध्यक्ष धु्रप यादव, लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.८का वडाअध्यक्ष राजेन्द्र जैसवाल,लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.९का वडाअध्यक्ष कमाल अत्तर फकिर, लुम्बिनी विकास मञ्च लुम्बिनीको अध्यक्ष सन्दिप गुप्ता लगायतको आतिथ्यता रहेको थियो । बुद्धमाया गार्डेनको हलमा भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका समन्वय अधिकृत तुल्सी लामिछानेले गरेका थिए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij