२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

संघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिदै अरुण गोयनका, पाण्डेलाई समर्थन

बिहिवार , फाल्गुण ११, २०७९

  • 5.3K
    Shares
  • 5.3K
    Shares
  • भैरहवा, ११ फागुन । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको वरिष्ठ उपाध्यक्षमा उद्योगपति अरुणकुमार गोयनकाले उम्मेदवारी दिने भएका छन् । 

    संघको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा उद्योगपति गोयनकाले अध्यक्ष पदका प्रत्यासी विजय पाण्डेलाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए । 

    हाल संघको कर्पोरेट उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका गोयनकाले उद्योगी, व्यवसायीको हकहित र व्यवसायिक शुरक्षाका लागि उम्मेदवारी दिन लागेको बताए । 

    उद्योगी व्यवसायीको हकहितका लागि आवाज उठाउन र संघलाई बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको गोयनकाले बताए । उनले भने, ‘निर्वाचनको माध्यमबाट उद्योगी व्यवसायीलाई आफ्नो प्रतिनिधि छान्ने अवसर दिदा झन राम्रो हुन्छ । माथिल्लो पदमा पुग्न अझ राम्रो काम गर्नुपर्छ भन्ने जिम्मेवारी बोध हुन्छ ।’

    उद्योगी व्यवसायीले आफूलाई निर्वाचित गर्नुहुने विश्वस्त रहेको उनको भनाइ छ । आफूले अध्यक्ष पदमा दावी गरे पनि संघलाई थप मजबुत बनाउन तथा संघलाई सबै उद्योगी व्यवसायीको साझा संस्थाको रुपमा विकास गर्न विजय पाण्डेलाई समर्थन गर्दै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको गोयनकाले बताए ।

    अरुण एग्रो ईण्डष्ट्रिज प्रा.लि., एभरेष्ट रोलिङ ईण्डष्ट्रिज प्रा.लि., हिमचुली इन्टरनेसनलका सञ्चालक गोयनका विभिन्न संघ–संस्थामा आबद्ध छन् ।