images
images

शुक्रवार, जेठ ४ गते २०८१

शान्ति सुरक्षाको अनुभुति दिलाउन सुनचाँदी व्यवसायीको माग

शान्ति सुरक्षाको अनुभुति दिलाउन सुनचाँदी व्यवसायीको माग

images
images
images
बिहिवार, फाल्गुण ११ २०७९
बिहिवार, फाल्गुण ११ २०७९
  • शान्ति सुरक्षाको अनुभुति दिलाउन सुनचाँदी व्यवसायीको माग

    भैरहवा, ११ फागुन । सुनचाँदी व्यवसायीहरुले सुरक्षाको अनुभुति दिलाउन माग गरेका छन् । उनीहरुले खुल्ला सीमाका कारण जोखिम भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

    images
    images
    images

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर–१३, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको रुपन्देहीका नवआगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.को स्वागत तथा सम्मान कार्यक्रममा व्यवसायीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले विगतमा सुनचाँदी पसलमा चोरीका घटनामा संलग्न व्यक्तिहरु पक्राउ परे पनि चोरिएका सामानहरु फिर्ता हुन नसकेको गुनासो गरे ।

    कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्माले सुनचाँदी पसलमा चोरीका घटना बढ्दै गएको बताए । उनले सुनचाँदीको सहज आपूर्तिमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए । उनले भने, ‘चेपुवामा परेर व्यवसाय सञ्चालन गरिरहेका छौं । अवैध रुपमा सुन आयात हुँदा व्यवसायी मारमा परेका छन् ।’

    नेपाल सुनचाँदी व्यवसायी महासंघ व्यवसाय परामर्श समितिका संयोजक प्रेम कुमार सेन्चुरीले शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताए । उनले सुनचाँदी पसलमा चोरी तथा लुटपाटका घटनामा संलग्नलाई कारवाही हुनुपर्ने बताए । उनले भने, ‘चोरी तथा लुटपाटका घटनामा संलग्न व्यक्ति पक्राउ परे पनि चोरिएको धनमाल पाउन सकिएन ।’

    सुनचाँदी व्यवसायी महासंघ विज्ञ परामर्श समिति सदस्य श्याम कुमार विश्वकर्माले भने, ‘सुनचाँदी व्यवसायीलाई शान्ति सुरक्षाको अनुभुति दिलाउनुपर्छ ।’

    नेपाल सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष विक्रम सुनारले मर्यादित रुपमा व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । उनले सुनचाँदी व्यवसायी संघले व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको बताए ।

    रुपन्देही सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष गोपाल रामदामले पछिल्लो समय सुनचाँदी पसलमा चोरी बढेकाले यसतर्फ सुरक्षा निकायको ध्यान जानुपर्ने बताए ।
    लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले रुपन्देही सीमा क्षेत्रसँग जोडिएको जिल्ला भएकाले अपराधिक क्रियाकलाप हुन सक्ने सम्भावना रहेको बताइन् । उनले जनतासँग सहकार्य गरेर अगाडि बढ्दा प्रहरीले सफलता प्राप्त गर्न सक्ने बताइन् ।

    बुटवल सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष मिलन सुनारले प्रहरी प्रशासन र सुनचाँदी व्यवसायीबीच सहकार्य र समन्वय हुनुपर्ने बताए । उनले सुनचाँदी पसलबाट लुटिएका सम्पत्ति फिर्ता हुनुपर्ने माग गरे ।

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सतिश कुमार कौशल (दीपक)ले प्रहरी र व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले भने, ‘राज्यले सुनचाँदीको सहज आपूर्ति गर्न नसक्दा कारिगर विदेश पलायन हुनुपरेको अवस्था छ । ’उनले सुनचाँदी किन्न नेपाल आउने भारतीय ग्राहकलाई भारतीय पैसा लिएर आएको भन्दै दुःख दिन नहुने बताए । उनले सुनचाँदी कालिगढसँग सुनचाँदी हुने भएकाले कालिगढलाई हैरान गर्न नहुने बताए ।

    व्यवसायीबाट साथ र सहयोगको अपेक्षा : एसपी वि.क.

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले व्यवसायीबाट साथ र सहयोगको अपेक्षा आफूले गरेको बताए । उनले स्वागत र सम्मान कार्यक्रमले थप जिम्मेवारीको अनुभुति गरेको र यस क्षेत्रका समस्याबारे अवगत भएको बताए । उनले भने, ‘सुनचाँदी व्यवसायलाई मर्यादित बनाउनुपर्छ, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । ’

    उनले शान्ति सुुरक्षाको अवस्थालाई मजबुत बनाउने बताए । उनले सम्पूर्ण पसलमा सीसीटिभी क्यामेरा जडान गर्न आग्रह गरे । सीसीटिभी क्यामेराले अनुसन्धानमा सहयोग गर्ने उनको भनाइ छ । उनले चोरीका घटनामा संलग्न व्यक्तिहरु ढिलो चांडो कारवाहीको दायरामा आउने बताए । 

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सतिश कुमार कौशल (दीपक)को अध्यक्षता, रुपन्देही प्रहरी प्रमुख भरत बहादुर वि.क.को प्रमुख आतिथ्यता, संघका उपाध्यक्ष राजन विश्वकर्माको स्वागत तथा महासचिव सुनिल सेन्चुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_9406.JPG

    कार्यक्रममा सिद्धार्थनगर सुनचाँदी कालिगढ समिति सिद्धार्थनगर, रुपन्देहीले पनि प्रहरी प्रमुख भरत बहादुर वि.क.लाई सम्मान गरेको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij