२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पद : भीम रावल

बिहिवार , फाल्गुण ११, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, ११ फागुन । 
    नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरुले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन् । बिहिवार सामाजिक सञ्जालमार्फत रावलले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहत हुन्थ्यो तर त्यो नगरेको पनि बताएका छन ।

    ‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्न थाले । लज्जास्पद र निन्दनीय ।’