बुधवार , फाल्गुण १०, २०७९
भैरहवा, १० फागुन ।
काशी नोबल एकेडेमी सिद्धार्थनगरले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नका लागि नृत्य प्रदर्शनी गराएको छ । एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीहरु सहभागी भएका थिए ।
नृत्य प्रदर्शनीको एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कुमार गुरुङले उद्घाटन गरेका हुन । कार्यक्रमको उद्घाटनपश्चात बोल्दै वडाअध्यक्ष गुरुङले विद्यार्थीको उत्साह र विद्यालयको आयोजनाले नव प्रतिभाको उजागर हुने बताए ।
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालय सदैव प्रयासरत रहेको बताए ।
एकेडेमीका सह–प्राचार्य श्री रायमाझीको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका सल्लाहकार पुर्ण प्रसाद श्रेष्ठ, डिमल्याण्ड मन्टेश्वरी किण्डरवल्र्डका प्रिन्सिपल गंगा भुसाल, काशी नोबल एकेडेमीका प्रेस सल्लाहकार शंकर पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
यसैबीच एकेडेमीले बुधबार भ्वाइस अफ केएनए गराएको छ । कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका ३६ जना विद्यार्थीहरुको सहभागीता रहेको सह–प्राचार्य श्री रायमाझीले बताए । गायन विधामा सहभागी विद्यार्थीहरुका लागि मोहम्मद सुल्तान इद्रिसी, राज चौधरी र विपिन शाहले निर्णयकको भूमिका निर्वाह गरेका थिए ।
विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेको अधयक्षतामा भएको भ्वाइस अफ केएनएको सञ्चालन शिक्षक हरि प्रसाद आचार्यले गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij