images
images

शुक्रवार, जेठ ४ गते २०८१

१०औं नव युवा कपकाे उपाधि नवलपरासीको फाेर ब्रदर्श एफसीलाई

१०औं नव युवा कपकाे उपाधि नवलपरासीको फाेर ब्रदर्श एफसीलाई

images
images
images
बुधवार, फाल्गुण १० २०७९
बुधवार, फाल्गुण १० २०७९
  • १०औं नव युवा कपकाे उपाधि नवलपरासीको फाेर ब्रदर्श एफसीलाई

    भैरहवा, १० फागुन ।

    images
    images
    images

    १० औं नव युवा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फोर ब्रदर्श एफसी, नवलपरासीले जितेको छ । मंगलबार भएको फाइनल भिडन्तमा फोर ब्रदर्शले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जितेकाे हाे ।

    ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको अन्तिम खेलमा फोर ब्रदर्शका लागि अनुज भण्डारीले गरेको एक मात्र गोल निर्णायक बन्यो । फोर ब्रदर्शका युवराज चापागाईं फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । त्यसबापत उनले एक थान स्मार्ट वाच हात पारे ।

    विजेता बनेको फोर ब्रदर्शले उपाधिसहित नगद २ लाख पुरस्कार पाएकाे छ भने उपविजेतामा सीमित बनेकाे फर्साटिकरले १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएकाे छ । फोर ब्रदर्शका सदिप केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक पनि फोर ब्रदर्श कै बिक्रम राना मगर घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार फर्साटिकरका टिकाराज गुरुङ भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ८–८ हजार सहित ट्रफी हात पारे । गत माघ २३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij