बुधवार , फाल्गुण १०, २०७९
भैरहवा, १० फागुन ।
योग चिकित्सा केन्द्रको सिद्धार्थनगर–९ प्रभातपथ, रुपन्देहीको आयोजनामा योग शिक्षा तथा शिविर सुरु भएको छ । शिविरको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले योग शिक्षा आवश्यक रहेको बताए । शारीरिकसँगै मानसिक रुपमा स्वस्थ हुन योग शिक्षा आवश्यक रहेको बताए । उनले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । उनले भने, ‘योगले शरीरलाई रोगबाट टाढा राख्छ । ’
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले योग शिक्षाको महत्व बढ्दै गएको बताए ।
माधवराज शर्माको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, बाबुराम भट्टराईको स्वागत तथा धव्र ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मधुसुदन आचार्य, चर्तुभुज रेग्मी, दीर्घराज काफ्ले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ४८ जनाको सहभागीता रहेको योग चिकित्सा केन्द्रले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij