२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने विष्णु पौडेलको दावी

बुधवार , फाल्गुण १०, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दावी गरेका छन् ।  । 

    बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दावी गरेका हुन् ।

    सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सवै दलले इमान्दारीका साथ पालना गर्ने उनको विश्वास छ । उनले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने बताए । पौडेलले पार्टीहरु तथा नेताहरुको सम्बन्धका बिषयमा तहमाथि हुनसक्ने भन्दै मुलुकको आवश्यकता अनुसार एकतावद्ध पनि हुने उल्लेख गरे ।