
बुधवार , फाल्गुण १०, २०७९
भैरहवा, १० फागुन ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले मंगलबार एकदिने निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । श्रीकृष्ण नेत्रालय प्रा.लि. भैरहवाको प्राविधिक सहयोगमा क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित बसन्तपुर दशरथ माध्यमिक विद्यालयमा शिविर गरेको हो ।
कार्यक्रममा दशरथ माविमा अध्ययनरत ५ सय जना बढीको आँखा परीक्षण गरिएको कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहित यादवले लायन्स भैरहवा ग्रीन सिटीले विद्यालयमा शिविर आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि विद्यालय क्लबसँग सहकार्य गर्न तयार रहेको बताए ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझीले हेलेन केलरको प्रेरणाले लायन्स अन्तर्राष्ट्रियले आँखासम्बन्धी काम गर्न थालेको बताए । उनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निःशुल्क चश्मा तथा उपचारको व्यवस्था क्लबले मिलाएको बताए ।
लायन्स भैरहवाका अध्यक्ष श्री रायमाझीको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहित यादवको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक दिपेन्द्र धवलको विशिष्ट आतिथ्यता, कार्यक्रम संयोजक मनोज क्षेत्रीको स्वागत तथा क्लबकी सचिव विना पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij