२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा पाण्डेले उम्मेदवारी दिने

बुधवार , फाल्गुण १०, २०७९

  • 9.5K
    Shares
  • 9.5K
    Shares
  • भैरहवा, १० फागुन ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आगामी फागुन १९ र २० गते हुने ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा महासचिव विजय पाण्डेले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । 

    संघलाई अझ बलियो र सशक्त बनाउन, उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि भूमिका निर्वाह गर्न तथा संगठनलाई सृदृढीकरण गर्न आफ्नो उम्मेदवारी रहेको पाण्डेले बताए । उनले भने, ‘परिवर्तनमुखी हुनुपर्छ । परिवर्तन आजको आवश्यकता हो । ’ संघलाई राम्रोसँग बुझेको व्यक्तिले नै नेतृत्व गर्नुपर्ने उनको भनाइ छ 

    महासचिवपछि किन एकैपटक अध्यक्ष पदमा उम्मेदवारी भन्ने खबरपात्रोको प्रश्नमा उनले भने, ‘विगतमा पनि महासचिवको जिम्मेवारी सम्हालेर उद्योगी व्यवसायीहरु अध्यक्षको पदमा पुग्नुभएको छ ।’ आम उद्योगी व्यवसायीको साथमा सधै रहेकोले उहाँहरुले मलाई अध्यक्ष पदमा निर्वाचित गर्नुहुने विश्वस्त रहेको पाण्डेले बताए । पाण्डेयले लामो समयसम्म सञ्चार क्षेत्रमा आबद्ध भइ विभिन्न मिडियामा काम गरिसकेका छन् । उनी साहित्य क्षेत्रमा पनि आबद्ध छन् । पाण्डे इलेक्ट्रोनिक व्यवसायमा आबद्ध छन् ।

    यस्तो छ संघमा पाण्डेको यात्रा

    २०६२ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघमा प्रवेश गरेका पाण्डे त्यसयता उनलाई अहिलेसम्म कार्यसमिति बाहिर रहनुपरेको छैन । २०६२ देखि २०७५ सालसम्म (पाँचपटक) कार्यसमिति सदस्यको जिम्मेवारी निर्वाह गरेका पाण्डे एक कार्यकाल सचिव समेत भइसकेका छन् ।

    हाल संघको महासचिवको जिम्मेवारी सम्हालिरहेका पाण्डे सरल स्वभाव तथा उद्योगी व्यवसायी एवं आम नागरिक माझ लोकप्रिय मानिन्छन् । उनकै अगुवाईमा संघमा नेतृत्वसीप क्षमता विकास तालिम सुरु भयो र अहिले उक्त तालिम ६५ औं श्रृंखलासम्म आइपुगेको छ ।