
बुधवार , फाल्गुण १०, २०७९
भैरहवा, १० फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आगामी फागुन १९ र २० गते हुने ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा संघका कार्यसमिति सदस्य गोपाल भण्डारीले महासचिव पदमा उम्मेदवारी दिने बताएका छन् । उनले निजी क्षेत्रको समस्या समाधानका लागि बुलन्द आवाज उठाउन, बजारलाई आर्थिक चलाउन बनाउनका लागि भूमिका निर्वाह गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
व्यवसायी भण्डारीले भने, ‘२ कार्यकाल कार्यसमिति सदस्यमा निर्वाचित भइ अनुभव बटुलिसकेकाले अब पदाधिकारीमा दावी गर्नु स्वभाविक हो, त्यसैले महासचिव पदमा उम्मेदवारी दिदैछु । ’
उनले उद्योगी व्यवसायीले आफूलाई जिताउने कुरामा विश्वस्त रहेको बताए । २०६२ सालमा भण्डारी संघमा प्रवेश गरेका थिए । शर्मा चश्मा पसल र फर्मा ट्रेड कन्सर्नका सञ्चालक भण्डारी व्यवसायसँगै विभिन्न सामाजिक संघ–संस्थामा पनि आबद्ध छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij