२०८२, मंसिर ५ गते

Nov 21 2025 | २०८२, मंसिर ५ गते

सुनको मूल्य ओरालो लाग्दै, मंगलबार प्रतितोला ८ सय घट्यो

मंगलवार , पौष १४, २०७७

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, १४ पुस । 
    स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा खरिद विक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार स्थानीय बजारमा तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय रुपैयाँमा खरिद विक्री भइरहेको छ भने हिजो प्रतितोला १ हजार ३ सय १५ रुपैयाँका कारोबार भएको पनि महासंघले जनाएको छ ।