
मंगलवार , फाल्गुण ९, २०७९
बुटवल, ९ फागुन ।
बुटवलमा जारी प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०७९ अन्तर्गत मंगलबार भएको मेन्स डबल्सको फाईनलमा रितिक राना र निशान श्रेष्ठको जोडीले प्रदिप खड्का र नेहाल जेबि थापाको जोडीलाई ६–२, ६–४ अंकले पराजित गर्दै उपाधि चुमेका छन् । त्यसै गरी ४५ प्लस पुरुष सिगलको फाईनलमा रोहित सुनुवारले विमल गुरुङलाई पराजित गर्दै उपाधि चुमे । ४५ प्लस मेन्स डबल्समा गोपी भट्टराई र धर्म सिंह लामिछानेको जोडीले लोक गुरुङ र ईन्द्र गुरुङको जोडीलाई पराजित गर्दै उपाधि चुमे ।
५५ प्लस मेन्स डबल्समा कृष्ण गुरुङ र कमल थापाको जोडीले धर्म सिंह लामागादे र राजु गुरुङको जोडीलाई ६–१, ७–५ को अंकले पराजित गर्दै उपाधि हात पारेका छन । बुमन्स डबल्समा मायङा राना र रायना शाहको जोडीले अभिलाष विष्ट र सुभाङगी आर शाहलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।
प्रतियोगिताको ४ वटा विधाको फाईनल खेल हुनेछन् । मेन्स सिगलमा उपाधिका लागि रितिक राना र प्रदिप खड्काबीच बुधबार फाइनल खेल हुने भएको छ । त्यसै गरी वुमन्स सिंगलको उपाधिका लागि अभिलासा बिष्टले माहिका राणासँग भिड्ने भएकी छन् ।
मंगलबार भएको पहिलो सेमीफाईनलमा अभिलापा बिष्टले रायना शाहलाई ६–३, ६–४ को सेट तथा दोस्रो सेमीफाईनलमा माहिका राणाले प्रकृति श्रेष्ठलाई ६–४, ६–१ को सेटले जित निकाल्दै फाईनल भिडन्त पक्का गरेकी हुन् ।
त्यसै गरी ५५ प्लस मेन्सको उपाधिमा लागि कमल थापा र बिमल गुरुङ भिड्ने छन् । त्यसै गरी ३५ प्लस सिगलको उपाधिका लागि सन्तोष खत्री र सिमान्त गुरुङ भिड्ने छन् । त्यसै गरी ३५ प्लस मेन्स डबल्सको उपाधि कमल भण्डारी र सिमान्त गुरुङको जोडीले हात पारेका छन् । फाईनल खेलमा निरज थापा र सुर्य भुजेलको जोडीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
मंगलबार सम्पन्न भएका फाईनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई एक समारोहकाबीच नेपाल टेनिस संघका केन्द्रीय महासचिव विनोद कायस्थ, निवर्तमान अध्यक्ष मनोज राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, निवर्तमान अध्यक्ष संजय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेतले पुरस्कार वितरण गरेका छन । चार विधाको फाईनल र औपचारिक कार्यक्रम भने बुधबार बिहान हुने संघका सचिव सब्बर मियाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij