
मंगलवार , फाल्गुण ९, २०७९
भैरहवा, ९ फागुन ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले स्थापना गरेको पुस्तकालयको उद्घाटन गरिएको छ । क्लबले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोनहियास्थित श्री विन्ध्यावासिनी मिशुजु आधारभूत विद्यालयमा स्थापना गरेको पुस्तकालयको सोमबार एक कार्यक्रमकाबीच लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का संस्थापक गभर्नर नवराज न्यौपानेले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक गभर्नर न्यौपानेले पुस्तकालबाट विद्यार्थीहरुलाई केही न केही ज्ञान प्राप्त हुने बताए । उनले विद्यार्थीहरुलाई नैतिक शिक्षा आवश्यक रहेको बताए । उनले भने, ‘मानिस शिक्षा, योग्यता बिना अगाडि बढ्न सक्दैन ।’ सोही कुरालाई मध्यनजर गर्दै लायन्स डिष्ट्रिकले विपन्न विद्यार्थीहरुलाई शिक्षा आर्जनका लागि सहयोग गर्ने कार्यक्रम ल्याएको छ । न्यौपानेले भने, ‘जीवनमा कसैलाई खुसी बनाएर खुसी हुने पल हो । ’उनले श्री विन्ध्यावासिनी मिशुजु आधारभूत विद्यालयमा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले विभिन्न कार्यक्रम गरिसकेको र अहिले पुस्तकालय स्थापना गरेर राम्रो काम गरेको बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले कुनै पनि काम सानो र ठूलो नहुने बताए । उनले आगामी दिनमा पनि क्लबले विद्यालयमा अन्य कार्यक्रमहरु गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘क्लबले गरेको यो कार्यक्रमले विद्यालय परिवारलाई उत्साहित बनाएको छ ।’
सिद्धार्थनगर–९ का वडा सदस्य बसन्त भट्टराईले लायन्स सिद्धार्थनगर लेडी युथले सराहनीय कार्य गरेको बताए । उनले आगामी दिनमा पनि विद्यालयले सहयोगको अपेक्षा गरेको बताए ।
लायन्स डिष्ट्रिक एडभाइजर रुपमा हिराचनले लायन्स सिद्धार्थनगर लेडी युथले विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको बताइन् ।
लायन्स जोन चेयरपर्सन एमजेएफ दुर्गा आचार्यले कार्यक्रम सराहनीय रहेको र आगामी दिनमा पनि क्लबले सहयोग गर्ने अपेक्षा गरिन् ।
लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका अध्यक्ष सुनिल सेन्चुरीले आवश्यकता परेका स्थानमा लायन्सले सहयोग गर्दै आएको बताए । उनले विद्यालयलाई लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
लायन्स सिद्धार्थनगर लेडी युथकी निवर्तमान अध्यक्ष तथा डिष्ट्रिक प्रोग्राम मेम्बर तनु शर्मा कसौधनले आफूलाई पुस्तकालयको स्थापनाको जिम्मेवारी दिएको भन्दै डिष्ट्रिक ३२५ (पी) लाई धन्यवाद व्यक्त गरिन् । उनले भनिन्,‘ विद्यालयको विकासका निम्ति लागिपरेका छौं ।’
विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मीले लायन्स सिद्धार्थनगर लेडी युथले गरेको सहयोगको विद्यालयको उच्च मुल्यांकन गरेको बताए । उनले आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्न आग्रह गरे ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथकी कार्यवाहक अध्यक्ष नीपा क्षेत्रीको अध्यक्षता, डिष्ट्रिक गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक एवं क्लबकी सह–सचिव स्नेहालता राउत थापाको स्वागत, मनिषा कसौधनद्वारा ध्वजा अभिवादन तथा सचिव तृप्ती वर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
लायन्स सिद्धार्थनगर लेडी युथकी निवर्तमान अध्यक्ष तनु शर्मा कसौधनको सक्रियता तथा भैरहवा निवासी कुसुमलता शर्मा कसौधनको सहयोगमा पुस्तकालय स्थापना भएको क्लबले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij