
सोमवार , फाल्गुण ८, २०७९
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ७ मा रहेको तिलोत्तमा होम्सको आवास क्षेत्र अवलोकन तथा बुकिङका लागि खुल्ला गरिएको छ । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि.ले निर्माण गरिरहेको तिलोत्तमा होम्सको आवास क्षेत्रलाई अवलोकनका लागि खुल्ला गरिएको हो ।
परियोजना अन्तरगत निर्माण सम्पन्न भएका टाइप ए र टाइप बीका घरहरु अवलोकन गर्न ग्राहकलाई खुल्ला गरिएको कम्पनीले जनाएको छ । परियोजना अन्तरगत निर्माण सम्पन्न भएका घर अवलोकनसहित सोही नमूनाका आधारमा बुकिङ पनि खुला रहेको कम्पनीले जनाएको छ ।
बुकिङ भएका घरमा आगामि आर्थिक बर्षको शुरुवात सम्म बस्न मिल्नेगरी कामलाई तिब्रता दिइएको कम्पनीका अध्यक्ष नेत्र वनले जानकारी दिए । तिलोत्तमा ७ भलबारीमा रहेको होम्समा यही आर्थिक वर्षभित्रै कम्तिमा १ दर्जन बढी घर हस्तानतरण गर्ने लक्ष्य रहेको अध्यक्ष वनको भनाई छ ।
कम्पनीका अध्यक्ष बनका अनुसार पहिलो चरणमा ४२ वटा घर निर्माण भैरहेका छन् । अध्यक्ष बनले सरकारले निर्धारण गरेको मापदण्ड पालना गरी सुविधासम्पन्न सुरक्षित स्मार्ट आवास क्षेत्र निर्माण थालेको बताए । रुपन्देहीका दुई ठूला शहर बुटवल र भैरहवाको बीचमा रहेको तिलोत्तमामा निर्माण भईरहेको हाउजिङ, तिलोत्तमा होम्स नेपालकै नमूना बन्ने आशावादी रहेको उनले उल्लेख गरे ।
हालसम्म २१ वटा घर बुक भएको र त्यसमध्ये १६ वटा घरहरुको फिनिसिङ कार्य चाडो सक्न आग्रह गरेको उनले बताए ।
सिद्धार्थ राजमार्ग भलबारीदेखि पूर्व ६ विगाहा क्षेत्रफलमा १ सय ९ वटा घर बन्ने परियोजना अन्तरगत ५६ घरहरु बन्दै छ । ४४ वटा घरमा ढलानको काम सकिएको र १२ वटाको जगको काम सकिएको छ । त्यसमध्ये पाँच वटा घर ईन्टरियर सहित निर्माण कार्य सम्पन्न भएको छ ।
परियोजना अन्तरगत निर्माणधिन रहेको आवास क्षेत्रमा कम्पाउण्ड भित्र सबै परिवारले उपयोग गर्न मिल्नेगरि अत्याधुनिक कर्मसीर्यल कम्प्लेक्स, सामुदायिक भवन, ब्याडमिन्टन कवर्ड हल, बास्केट बल कोर्ट, स्वीमिङ पुल, चिल्ड्रेन्स पार्क, जिमखाना, मन्दिर, हेल्थ क्लब, रेष्टुरेन्ट, सैलुन, ब्युटिपार्लर, ग्रीनजोन तथा ग्रोसरी स्टोरहरु रहने छन् । मुलबाटो २६ र सहायक बाटो २४ फुट रहेको इन्जिनियर बासुदेव नेपालले बताए ।
सर्वश्रेष्ठ बिल्डर्सले परियोजना निर्माण कार्य गरेको छ । यस परियोजना अन्तर्गत बन्ने घरहरु, घरको क्षेत्रफलको आधारमा पहिलो समूहमा १५ धुर जग्गामा २९२० वर्ग फिटको घर निर्माण गरिँदै छ भने दोस्रो समूहमा १० धुर क्षेत्रफलमा २१८१ वर्ग फिटका घर निर्माण गरिँदै छ ।
समूह ए का घरको सुचिकृत मूल्य २ करोड ५० लाख र समूह बि घरको सुचिकृत मूल्य १ करोड ७५ लाख रुपैया निर्धारण गरिएको मार्केटिङ प्रमुख षडानन्द पोख्रेलले बताए । सरकारी कर्मचारी, बैंकका कर्मचारी तथा विदेशमा रहेका नागरिकहरुलाई लक्षित गरि आर्थिक अवस्था भएका ब्यक्तिहरु जसले आधुनिक बस्ति र सुरक्षित बस्तिको चाहना राख्नेको परियोजनाका आवासप्रति आकर्षण रहेको छ । परियोजनामा २ अर्ब लगानी रहेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij