
सोमवार , फाल्गुण ८, २०७९
काठमाडौैं, ८ फागुन ।
बिरिसु मिडियाको आयोजनामा हुन लागेको ‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८०’ को आवेदन फारम खुल्ला भएको छ । काठमाडौँको कालिस्थानस्थित कटिया हाउसमा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । अवार्ड ८० विधामा गर्न लागिएको र अवार्डको लागि २०७९ फागुन ६ गतेदेदि चैत ११ गतेसम्म फारम खुल्ला रहनेछ । अवार्डको टप ५ नोमिनेशन चैत्र २५ गते शनिबार सार्वजनिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए । आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि smsa.birisunews.com मा क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ ।
साथै अवार्डको आवेदन फारम भर्नको लागि बिग परिवेश स्टुडियो अनामनगर ९८५१०५३०५२ (मनोज डंगोल), डाँडापारी सन्देशको कार्यालय बनेपा ९८४९८७८१८४ (इकमान लामा), विराटनगर ९८४३८३३३९२ (ज्ञान गुरुङ), पोखरा (सुदर्शन रन्जित ९८०६६०२५००), इटहरी पुर्वान्चल रेकर्डिङ स्टुडियो (रुद्र श्रेष्ठ ९८१५३०६७१७), गोङगबु ९८४१६१६९९७ (लक्षु प्रकाश मल्ल), ९७६२४५२२९७ (बिरिसु मिडिया), बौद्ध ९८६५०९१२१९ (बैरागी मोक्तान), नरेन भट्टराइ कमलादी ९८४८७९८००३, ९८५११९५२९० (प्रकाश बराइली) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
अवार्डमा २०७७ चैत २५ गतेदेखि २०७९ चैत ११ गतेसम्म भित्रका गीत संगीतलाई समावेश गरिनेछ । फारम दर्ता शुल्क नेपालबाट १ हजार रुपैयाँ र विदेशबाट १ हजार ५ सय रुपैयाँ लाग्नेछ । अवार्डमा एस. एम. एस. भोटिङ्बाट आएको अंकलाई ५० प्रतिशत र जुरिको निर्णय ५० प्रतिशत हुने आयोजकले जनाएका छन् । मिडिया संयोजनको जिम्मा सञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ ले लिएका छन् ।
गीत संगीत, टेलिसियल र त्यससँग सम्बन्धित सबै पक्षलाई समेटेर अवार्ड गर्न लागिएकोे र यस क्षेत्रमा योगदान पुर्याउनुहुने सबैलाई सम्मान, हौसला, प्रेरणा साथै अवार्ड समेत प्रदान गरिने बिरिसु मिडियाका अध्यक्ष लोप्चनले बताए । अध्यक्ष लोप्चनले समाजमा विशेष योगदान दिदै आएका खेलकुद, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिने बताए । डिबी बम्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा कलाकार, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहको थियो । कार्यक्रम सञ्चारकर्मी राजाकुमार रायमाझीले सञ्चालन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij