
आइतवार , फाल्गुण ७, २०७९
वीरगंज, ७ फागुन ।
वीरगंज महानगरलाई स्वच्छ सफा बनाउने अभियानविरुद्ध पटकपटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एनआइसी एसिया बैक वीरगंज शाखा जरिवानामा परेको छ । महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो ।
महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको अवस्थामा पुनः एनआईसी एसिया बैकले अटेरी गर्दै सडकमा फोहोर फालेपछि ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको वीरगंज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिए । फेरि पनि फोहोर फालेको भेटिएमा २५ हजारदेखि २ लाखसम्म जरिवाना असुल गरिने वीरगंज महानगरपालिकाले जनाएको छ । महानगरले विगत एक साता यता नगर क्षेत्रभित्र जथाभावी फोहोर फाल्ने झण्डै २ सय भन्दा बढीलाई जरिवानासहित कारवाही गरेको छ । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij