२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

मारवाडी युवा मंचको आयोजनामा रक्तदान, ११० पिन्ट रगत संकलन

आइतवार , फाल्गुण ७, २०७९


भैरहवा, ७ फागुन ।
सामाजिक क्षेत्रमा मारवाडी युवा मंच, भैरहवाले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार भैरहवास्थित मारवाडी सेवा संघको भवनमा कार्यक्रमको आयोजना गरिएको मंचका अध्यक्ष विनित बेरिवालले बताए ।

मारवाडी सेवा संघ, भैरहवा र मारवाडी महिला संघ, भैरहवाको सहयोगमा भएको कार्यक्रममा १ सय १० पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक सुशील बंसलले जानकारी दिए । उनले भने, ‘आजको रक्तदानसँगै युवा मंच भैरहवामै सबैभन्दा बढी रगत संकलन गर्ने संस्था भएको छ । ‘यसले हामीलाई गौरवान्वित बनाएको छ’, उनले भने, ‘यसमा रक्तदाता, संघ–संस्था नेपाली सेना, सशस्त्र प्रहरी, पत्रकार, उद्योगी–व्यवसायी, स्थानीय, जनप्रतिनिधि, हाम्रो संस्थाका सदस्यहरु सबैप्रति आभार व्यक्त गर्दछौं ।’

IMG_8880.JPG

कार्यक्रममा निःशुल्क रक्तचाप र मधुमेह (सुगर) परीक्षण पनि गरिएको कार्यक्रम संयोजक मनिष अग्रवालले बताए । त्यस्तै हेल्थ पार्टनरका रुपमा ए वान हेल्थ नेपालले सहयोग गरेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटीले गरेको मारवाडी युवा मंच भैरहवाले जनाएको छ ।