
आइतवार , फाल्गुण ७, २०७९
भैरहवा, ७ फागुन ।
टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक समीक्षा तथा २०७९–२०८३ को चारवर्षिय व्यवसायिक र रणनीतिक योजनाको दोस्रो त्रैमासिक समीक्षा गरेको छ ।
सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमिति र कर्मचारी व्यवस्थापनको उपस्थितिमा अर्धवार्षिक समीक्षा २०७९/०८० एवं आवधिक व्यवसायिक रणनीति योजना २०७९–२०८३ को दोस्रो समीक्षा बैठक ७ बुँदे प्रतिवद्धतापत्र जारी गर्दै मकवानपुरको दामनमा सम्पन्न भएको सहकारीका मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले बताए । बैठकले वित्तीयतर्फ चालु आर्थिक वर्ष लक्ष्य गरिएको शेयर पूंजीको ८९.३५ प्रतिशत, बचत निक्षेपको ८४.८५ प्रतिशत, ऋण लगानीको ७६.९९ प्रतिशत र शेयर सदस्य ६८.०९ प्रतिशत प्रगति भएको समीक्षा गरिएको थापाले जानकारी दिए । उनले भने, ‘तय गरिएको रणनीति र लक्ष्यउपर छलफल र आगामी निर्धारित प्रयासलाई अगाडि बढाउने सुझावबारे अन्तरक्रिया गरिएको छ ।’
संस्थाका अध्यक्ष डी.बी. थापाको अध्यक्षता, उपाध्यक्ष परसुराम बास्तोलाको स्वागत तथा सचिव जित बहादुर रास्कोटीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले समीक्षागत सामग्री प्रस्तुतीको सहजीकरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij