
आइतवार , फाल्गुण ७, २०७९
बुटवल, ७ फागुन ।
नेपाली सेनाको ३ सय ६० औं वार्षिक उत्सव तथा महाशिवरात्री २०७९ को अवसरमा शनिबार बुटवलमा गरिएको हाफ म्याराथन त्रिभुवन आर्मी क्लबका गजिन्द्र राईले जितेका छन । राईले १ घण्टा ६ मिनेट ५० सेकेण्डमा २१ किलोमिटरको दुरी पार गर्दै उपाधि चुमेका हुन् ।
उपाधिसंगै उनले नगद ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । खेलकुदको विकास तथा आफ्नो स्वास्थ्यको लागि दौड भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा आर्मीकै सुशिल कुमार शाही १ घण्टा ७ मिनेट ४६ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए । उनी नगद २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए । आर्मीकै जितेन्द्र दनुवार १ घण्टा १९ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै तेस्रो बन्दै नगद १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।
मध्यपश्चिम पृतना र श्री नं. २२ बाहिनी अड्डाले आयोजना गरेको खुल्ला हाफ म्याराथान पुरुष तथा १० किलोमिटर (महिला÷पुरुष) दौड प्रतियोगिताको पुरुष १० किलोमिटर दौड त्रिभुवन आर्मी क्लबका खगेन्द्र रानाभाट ३१ मिनेट ३७.४२ सेकेण्डमा दुरी पार गर्दै उपाधि चुमेका छन् । एपीएफका सन्जित नेपालीले ३४ मिनेट ४७.५७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए । महाबिर गणका रमेश सिजापति ३६ मिनेट ४२.१५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए ।
१० किलोमिटर महिला दौड त्रिभुवन आर्मी क्लबकी सिपाही गिता विकले ४० मिनेट १५.०५ सेकेण्डमा दुरी पार गर्दै प्रथम भए । आर्मीकै सिपाही निर्मला केसी ४१ मिनेट १५.२० सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए । त्यसै गरी महेन्द्र दल गणकी सिपाही धनमाया बोहराले ४३ मिनेट ४६.१५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय खेलाडीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।
एक कार्यक्रमकाबीच मध्य पश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी याम प्रसाद ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, श्री नं २२ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी नवराज गुरुङले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कृत वितरण गरेका छन् । कार्यक्रम संयोजक उज्वल केसीले नागरिक सैनिकबीचको सम्बन्ध सुमधुर बनाउने एउटा माध्यमका रुपमा खेल आयोजना गरिएको बताए । कार्यक्रममा ४ सय बढी खेलाडीहरु सहभागी रहेको समन्वयकर्ता नरेश केसीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij