२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

रेडियो रुपन्देही एफ.एम. १९ वर्षमा प्रवेश

शनिवार , फाल्गुण ६, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ६ फागुन ।

    वातावरण बचाउ आन्दोलनद्वारा सञ्चालित सामुदायिक रेडियो रुपन्देही एफ.एम.१०२ मेगाहर्ज १९ वर्षमा प्रवेश गरेको छ । २०६१ साल फागुन ७ गते औपचारिक प्रशारण सुरु भएको रेडियो १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको हो ।

    वार्षिक उत्सवको अवसरमा रेडियो सञ्चालक समितिका अध्यक्ष डा.रामप्रसाद बस्यालले समस्त श्रोता महानुभाव, विज्ञापनदाता, पत्रकार, समाजसेवी, रेडियोका सदस्य लगायत सबैमा शुभकामना व्यक्त गरेका छन् ।

    बिहान ५ बजेदेखि राति ११ बजेसम्म सञ्चालन तथा प्रशारण हुने रेडियो १०२ मेगाहर्जमा सुन्न सकिने रेडियोका स्टेशन म्यानेजर शंकर प्रसाद पाण्डेले बताए ।

    रुपन्देही एफ.एम.को वेबसाइट रुपन्देही एफ.एम.डट.कमबाट संसारभर र रेडियोको फेसबुक पेजबाट पनि सुन्न सकिनेछ ।  

    रेडियोमा रुपन्देही समाचार, भलाकुसारी, अपनवाणी लगायतका समाचार तथा कार्यक्रमहरु सुन्न सकिने पाण्डेले बताए । ‘सही सूचना सत्य समाचार स्वस्थ्य मनोरञ्जन सबैको अधिकार’ भन्ने नारासहित रेडियो सञ्चालन भइरहेको छ ।