२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

गुल्मी अर्खाबाङ्ग–रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

शनिवार , फाल्गुण ६, २०७९

बुटवल, ६ फागुन । 
गुल्मी जिल्लाको मालिका गाउँपालिका–४ अर्खावाङ्ग रुपन्देही सम्पर्क समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार रक्त चार सेवा केन्द्र बुटवल शाखाको प्राविधिक सहयोगमा रक्तदान गरिएको कार्यक्रम संयोजक बाबुराम रेग्मीले जानकारी दिए ।

कार्यक्रममा सम्पर्क समाजका सदस्यसहित ३५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रेग्मीले बताए । रगतको अभाव हुन नदिने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको सम्पर्क समाजका अध्यक्ष विरेन्द्र अर्यालले बताए । साथै सम्पर्क समाज स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताउदै अध्यक्ष अर्यालले आगामी दिन आफूहरुले सक्दो कार्य गर्ने बताए ।

रक्तदान कार्यक्रम सम्पर्क समाजका अध्यक्ष विरेन्द्र अर्यालको अध्यक्षता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहानको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रेमबहादुर अर्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । सम्पर्क समाजले यसअघि पनि रक्तदान कार्यक्रम गर्ने गरेको थियो ।

२०७० सालमा स्थापना भएको सम्पर्क समाजले अर्खवाङ्गलाई एम्बुलेन्स प्रदान गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका समाजका सदस्यहरुलाई आर्थिक सहयोग गर्ने गरेको छ । सम्पर्क समाजमा अहिले ३७ जना आजीवन सदस्य, १ जना मानार्थ सदस्य र १०४ जना साधारण सदस्य रहेका छन् ।