
शनिवार , फाल्गुण ६, २०७९
भैरहवा, ६ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आगामी फागुन १९ र २० गते हुने ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा व्यवसायी धर्मराज आचार्यले वाणिज्यतर्फको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् ।
भैरहवास्थित हिमशिखर हार्डवेयरका सञ्चालक आचार्यले संघको ६३ औं अधिवेशनमा झिनो मतले पराजित भएको बताउँदै अबको निर्वाचनमा उद्योगी व्यवसायीले आफूलाई जिताउनेमा विश्वस्त रहेको बताए । उनले खबरपात्रोसँग भने, ‘अघिल्लो अधिवेशनमा कार्यसमिति सदस्यमा उम्मेदवारी दिए, उद्योगी व्यवसायीले मलाई सहयोग गर्नुभयो, झिनो मतले पराजित भए, यसपटक जित्छु भन्नेमा विश्वस्त छु ।’
उनले उद्योगी व्यवसायीको हकहितमा काम गर्न र व्यवसायिक एकताका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
विगत १९ वर्षदेखि व्यवसायमा आबद्ध रहेका ४४ वर्षिय आचार्य विभिन्न संघ संस्थामा आबद्ध छन् । उनी लायन्स क्लब अफ सिद्धार्थनगरको तृतीय उपाध्यक्ष, साईकल सिटी भैरहवाको कोषाध्यक्ष र सिद्धार्थ रुपन्देही निर्माण सामग्री व्यवसायी संघका पूर्व कोषाध्यष हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij