२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

चितवन–२ को उपनिर्वाचका लागि दल दर्ताको आव्हान 

शनिवार , फाल्गुण ६, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, ६ फागुन । 
    निर्वाचन आयोगले आगामी १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ । प्रतिनिधिसभाका तत्कालिन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका दल दर्ता गर्न आव्हान गरेको हो । आयोगका अनुसार १० फागुनदेखि १६ फागुनसम्म दल दर्ता गरिसक्नुपर्नेछ ।

    ‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धि ऐन २९७३ को दफा ४ बमोजिम सम्वतत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसुची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सुचित गरिन्छ,’ आयोगद्वारा जारी सूचनामा भनिएको छ।