२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

तीन जिल्ला कमिटी विघटन गरेर एमालेले तोक्यो अधिवेशन मिति

शनिवार , फाल्गुण ६, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • जनकपुर, ६ फागुन ।

    नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ । जनकपुरधाममा बसेको एमाले मधेशश प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी विघटनको निर्णय गरेको हो । एमालेकाअनुसार विघटित जिल्लाहरुको अधिवेशन तोकिएको छ । 

    साथै सो बैठकले वैशाख १४ र १५ गते महोत्तरी, वैशाख १७ र १८ गते पर्सा र वैशाख २० र २१ गते रौतहटमा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ । उनकाअनुसार अधिवेशनको बेला विवाद भएका कारण महोत्तरी, पर्सा र रौतहट जिल्ला कार्यसमिति विघटन गरिएको हो । जिल्ला अधिवेशनपछि नयाँ नेतृत्व आउनेछ ।

    सो बैठकमा प्रदेश अध्यक्ष रामऔतार यादव, मधेश प्रदेश इञ्चार्ज रघुबिर महासेठ, सह–इञ्चार्ज पुरुषोत्तम पौडेल, नेताहरु सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषिमन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली मधेश प्रदेशमा कार्यरत शिर्ष नेतृत्वको उपस्थिति थियो ।