images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देही सुपर लिग : बुटवल राइनोज डिभिजन ‘ए’ मा प्रवेश

रुपन्देही सुपर लिग : बुटवल राइनोज डिभिजन ‘ए’ मा प्रवेश

images
images
images
शुक्रवार, फाल्गुण ५ २०७९
शुक्रवार, फाल्गुण ५ २०७९
  • रुपन्देही सुपर लिग : बुटवल राइनोज डिभिजन ‘ए’ मा प्रवेश

    भैरहवा, ५ फागुन ।
    रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को शुक्रबारकोे खेलमा बुटवल राइनोजले लुम्बिनी शाक्यानलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै बुटवल डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।

    images

    टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २ सय १३ रनको योगफल बनायो । उसका लागि सुरज सारुमगरले नटआउट ५७, शैलेन्द्र यादवले २८, दीपेश रोक्काले २३, सुशान भण्डारीले १७ र अप्सन भण्डारीले १५ रन बनाए ।

    बलिङमा लुम्बिनीका एजाज खानले ३, आशिष लोहनीले २ तथा रवि शुक्ला, राहुल गिरी, इमरान अहम्मद र रुपेश बस्यालले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको लुम्बिनी २२.२ ओभरमा सबै विकेट गुमाउँदै ७० रनमै समेटियो । उसका लागि एजाज खानले १३, सजाउद्दिन खानले १२ र रवि शुक्लाले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।

    उसलाई सस्तैमा रोक्न बलिङमा बुटवलका शिव कुँवरले ५.२ ओभर बलिङ गर्दै १ मेर्डन राखेर २२ रन खर्चेर ५ विकेट लिए । यस्तै, अलदिप कुँवरले ३ र सुरज सारुमगरले २ विकेट लिए । खेलमा बुटवलका सुरज सारु मगर म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    चैत ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टीमको सहभागिता छ । प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता विजेता पुरस्कार एभरेष्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्स, भैरहवाका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij