२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

पृथ्वी जयन्तीसँगै जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै राख्ने सरकारको निर्णय

शुक्रवार , फाल्गुण ५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ५ फागुन । सरकारले पृथ्वी जयन्तीसँगै जनयुद्ध दिवसको सार्वजनिक बिदा सरकारको क्यालेण्डरमा नै समावेश गर्ने निर्णय गरेको छ । 

    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारी प्रवक्ता एवं सूचना संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक विदालाई आगामी वर्षको क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको जानकारी दिइन् । 

    उनका अनुसार २०८० सालको सार्वजनिक बिदामा  पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि थप्ने सरकारले निर्णय गरेको जानकारी दिइन् ।