२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित गरिनेछ : प्रधानमन्त्री

शुक्रवार , फाल्गुण ५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक स्वास्थ्यको गुणस्तर कमजोर रहेकाले यसलाई सुधार्ने प्रतिबद्धता जनाएका छन् ।

    शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानहरूमा सेवा प्रदायक निकाय र व्यक्तिले प्रभावकारी सेवा नदिएको बताउँदै यसलाई व्यवस्थित गरिने बताएका हुन् ।

    पेशागत मर्यादा र आचरणमा स्खलन आएको तथा मिलेमतोमा सरकारी सम्पत्तिप्रति बेवास्ता र दुरूपयोगसमेत भएको बताएका उनले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ हुने गरी काम गर्ने बताए ।