२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

महाशिवरात्रीमा होटल पौवाले ग्राहकलाई भजनकिर्तनमा नचाउँदै

शुक्रवार , फाल्गुण ५, २०७९

रुपन्देही, ५ फागुन । 
होटल पौवाले महाशिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । महाशिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पूजाअर्चना गर्दै साझ ५ बजेपछि भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ ।

‘यसवर्षको शिवरात्री पौवासँग मनाऔं संगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मूल नाराका साथ पौवाका ११ वटा शाखामा शिवरात्री विशेष कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । परम्पराअनुसारको शिव प्रसाद निःशुल्क खुवाउनुका साथै संगीतमय भजन टोलीले शिवरात्रीका दिन सांझ ५ बजेदेखि भजनकिर्तन गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए ।

पौवाले नेपालमा मनाइने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृतिअनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको जनाएको छ । माघ १ गते पनि पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विशेषको परिकार तयार गरि ग्राहकहरुलाई सेवा दिएको थियो ।
पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरी २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ र गण्डकी प्रदेशको पोखरामा १ शाखा सञ्चालनमा आइसकेका छन् । शाखा विस्तारको लागि काठमाडौं, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भइरहेको भण्डारीले जानकारी दिए ।