२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

तिलोत्तमामा फिटनेश हबको दोस्रो शाखा

शुक्रवार , फाल्गुण ५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बुटवल, ५ फागुन ।
    फिटनेश हबले दोस्रो शाखा तिलोत्तमा नगर, शान्ति चोकमा शुभारम्भ गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी नयाँ शाखाको उद्घाटन तयारी पुरा भएको संचालक लोकेस थापाले बताए । पहिलो शाखा बुटवल कालिकानगरमा ३ वर्ष पूरा भएसँगै दोस्रो शाखा आइतबारबाट शुभारम्भ हुने उनले बताए । नेत्र बहादुर थापाको नेतृत्वमा पहिलो शाखा कालिकानगरमा लोकेश थापा, विनोद थापा, पुरन कार्की मिलेर खोलेका थिए । करिब डेढ करोड लगानीमा ३ हजार ५ सय स्क्वायर फिट क्षेत्रफलमा पूर्वाधार तयार गरिएको छ । खेलप्रेमीहरु लोकेश थापा, विनोद थापा, नेत्र थापा, पुरन कार्की, विशाल थापा र आकाश शाह, सुनिल ज्ञवालीको टीमको लगानीमा रहेको छ ।  

    पहिलो शाखामा कार्डियो विशेष थियो भने नयाँ शाखामा जुम्बा क्लास स्पेशल रहेको हबका व्यवस्थापक पुरन कार्कीले बताए । रुपन्देहीका जीममा जुम्बा र कार्डियो मात्र गरिदै आएकोमा अहिले क्रसफिटका रुपमा नया भित्राएको उनले बताए । तालिम प्राप्त प्रशिक्षकहरु विशाल थापा, आकाश शाहले तालिम दिने उनले बताए । जीम हाउसको ७० जनाले एक्ससाइज गर्न सक्ने क्षमता रहेको उनले बताए । गृहिणी महिलासँगै कार्यालयको काममा व्यस्त हुनेहरुलाई लक्षित गरी थोरै समय निकालेर व्यायाम गर्न सके स्वस्थ्य बन्न सकिन भएकाले पनि यसमा आकर्षण बढ्दै गएको उनले बताए ।