२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

खानेपानी मन्त्रालयद्वारा टोल फ्रि नम्बर सार्वजनिक

बिहिवार , फाल्गुण ४, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ४ माघ । 

    खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन् । 

    तीन दिन अगाडि परीक्षण गरेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको गुनासोको सुनुवाइ गर्दै गुनासो सुनुवाइ एकाइको उद्घाटन गरेका हुन् । 

    सातामा एक दिन आफू नै कल सेन्टरमा बसेर गुनासो सुन्न उनको भनाइ छ । यस्तै दैनिक चार जना कर्मचारीले उपभोक्ताको गुनासोको सुनुवाइ गर्ने उनले बताए ।

    उनले जनताको जनजीवनसँग जोडिएको यस खानेपानी मन्त्रालयको काम र कर्तव्यलाई आफ्नो इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उनको भनाइ थियो । न्युज कारखाना