images

सोमवार, बैशाख १७ गते २०८१

भैरहवामा शनिबार ‘१४ औं लियो कर्पोरेट सुपर सिक्स क्रिकेट’ हुने

भैरहवामा शनिबार ‘१४ औं लियो कर्पोरेट सुपर सिक्स क्रिकेट’ हुने

images
images
images
बिहिवार, फाल्गुण ४ २०७९
बिहिवार, फाल्गुण ४ २०७९
  • भैरहवामा शनिबार ‘१४ औं लियो कर्पोरेट सुपर सिक्स क्रिकेट’ हुने

    भैरहवा, ४ फागुन ।

    images

    लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा भैरहवामा ‘१४ औं लुम्बिनी जनरल इन्स्योरेन्स लियो कर्पोरेट डे नाइट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट’ हुने भएको छ । यही फागुन ६ गते शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगिताबारे क्लबले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

    विगत १३ वर्षदेखि क्लबले गराउँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिदै आयोजना गरिएको क्लबका अध्यक्ष सतिस भुषालले बताए । उनले यस क्षेत्रका कर्पोरेट हाउस र सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरुबीच आपसी भाइचारा स्थापित गर्दै मजबुत सम्बन्ध विकास गर्न र क्लबले वार्षिक रुपमा आयोजना गर्ने सामाजिक क्रियाकलापका लागि कोष संकलन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।

    प्रतियोगितामा एनएमबी बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, नबिल बैंक, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, आइसीएफसी फाइनान्स, लुम्बिनी विकास बैंक र कुमारी बैंक गरी १२ वटा टीमको सहभागीता रहने कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष मनिष ढकालले बताए । प्रतियोगिताको विजेतालाई नगद रु. २० हजार र उपविजेतालाई रु. १० हजारसहित मेडल तथा ट्रफी प्रदान गरिने ढकालले जानकारी दिए । प्रतियोगितामा प्रवेश शुल्क वापत प्रतिटीम रु. ९ हजार तोकिएको उनले बताए ।

    प्रतियोगिता आयोजना गर्न अनुमानित २ लाख ५० हजार लाग्ने लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष अरुण पन्थीले बताए । टुर्नामेन्ट आइसीसी सिक्सेज टुर्नामेन्टको नियमअनुसार सञ्चालन हुने र यसका लागि नेशनल अम्पायरहरुको निर्देशन र उपस्थिति रहने पन्थीले जानकारी दिए । डे–नाइट संस्करणमा हुने प्रतियोगिता सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट समेत अनुमति लिइसकिएको उनले बताए । उनले प्रतियोगिता समापनपश्चात बचेको केही रकम सामाजिक कार्यमा खर्चिने बताए । प्रतियोगिता सफल बनाउन संघ–संस्था तथा व्यवसायीहरुले ब्यानर सौजन्य गर्नुभएको उनले बताए ।

    पहिलोपटक लियो कर्पोरेटको इतिहासमा यस वर्ष डे–नाइट टुर्नामेन्ट गरी एकदिनमै सम्पूर्ण लिग चरणको खेलहरु बिहान ८ बजेदेखि सुरु गरी क्वार्टर फाइनल, सेमीफाइनल, फाइनल लगायत खेलहरु सोही दिनमै समापन गरिने क्लबका पूर्वअध्यक्ष सार्दुल मयुर कसौधनले बताए । रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा विनिङ क्रिक अनलाइन स्कोरिङमार्फत सहयोग रहेको र हस्पिटालिटी पार्टनरमा ग्राण्ड किचन रहेको लियो क्लब अफ सिद्धार्थनगरले जनाएको छ । क्लबकी सचिव विनिता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतियोगिताको मुख्य प्रायोजक लुम्बिनी जनरल इन्स्योरेन्स तथा सह–प्रायोजक साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) रहेका छन् । लियो क्लब अफ सिद्धार्थनगर विगत १८ वर्षदेखि यस क्षेत्रमा क्रियाशिल हुँदै भोकमरी, वातावरण, युवा, आँखा लगायत सामाजिक कार्य गर्दै आएको छ ।

     

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij