images

सोमवार, बैशाख १७ गते २०८१

खड्ग प्रसाद गौचन स्मृति क्रिकेट : मदन भण्डारी र सेन्टर विजयी

खड्ग प्रसाद गौचन स्मृति क्रिकेट : मदन भण्डारी र सेन्टर विजयी

images
images
images
बिहिवार, फाल्गुण ४ २०७९
बिहिवार, फाल्गुण ४ २०७९
  • खड्ग प्रसाद गौचन स्मृति क्रिकेट : मदन भण्डारी र सेन्टर विजयी

    बुटवल, ४ फागुन ।
    खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी भएको छ । बिहीबार भएको खेलमा न्यू होराइजन क्रिकेट एकेडेमीमाथि मदन भण्डारीले ६ विकेटको जीत निकालेको हो । देवदह क्रिकेट मैदान शितलनगरमा भएको खेलमा टस जितेर न्यू होराइजनले २१ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनको लक्ष्य खडा गरेको थियो । 

    images

    न्यू होराइजनका आरिफ खानले ३५ रन तथा अंकित बीएमले १८ रनको योगदान दिए । कम स्कोरमा रोक्न मदन भण्डारीका सागर भण्डारीले ३ तथा अदिप्सन नेपालीले २ विकेट लिए । मध्यम लक्ष्यलाई मदन भण्डारीका ब्याट्सम्यानहरुले २१ द्शमलव १ ओभरमा ४ विकेटको नोक्सानीमा लक्ष्य भेटाए । मदन भण्डारीको जीतमा अवानिस कुमारले ५४ रन र मनिष तिवारीले १४ रन बनाए । न्यू होराइजनका अमर मिश्रले २ तथा सुमिद पराजुलीले १ विकेट लिए । खेलमा मदन भण्डारीका सागर भण्डारीले म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

    त्यसै गरी समूह ‘ए’ को अन्तिम खेलमा सेन्टर क्रिकेट एकेडेमी कास्की विजयी भएको छ । सेन्टरले स्टार क्रिकेट एकेडेमीमाथि ४७ रनको जीत निकालेको हो । सेन्टरका सिब्रिन श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिता अन्र्तगत शुक्रबार समुह ‘बी’ को न्यू होराईजन एकेडेमी र क्रिकेट एक्सेलेन्स सेन्टर काठमाण्डौ तथा धनगढी क्रिकेट एकेडेमी र मदन भण्डारी स्पोर्टस् एकेडेमीका बीचमा खेल हुनेछ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij