images

सोमवार, बैशाख १७ गते २०८१

रूपन्देही सुपरलिग : गोलपार्क क्रिकेट क्लब एक रनले विजयी

रूपन्देही सुपरलिग : गोलपार्क क्रिकेट क्लब एक रनले विजयी

images
images
images
बिहिवार, फाल्गुण ४ २०७९
बिहिवार, फाल्गुण ४ २०७९
  • रूपन्देही सुपरलिग : गोलपार्क क्रिकेट क्लब एक रनले विजयी

    भैरहवा, ४ फागुन ।
    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बिहीबारकोे खेलमा गोलपार्क क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई एक रनले पराजित गर्दै जीत निकालेको छ ।

    images

    टस जितेर पहिला ब्याटिङ गरेको गोलपार्कले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रनको योगफल बनायो । उसका लागि ईश्वर क्षेत्रीले ३८, आदित्य बन्जाडेले २१, प्रदीप भण्डारीले १८, गगन अधिकारीले १७ र सन्देश भण्डारीले १० रन बनाए । 

    बलिङमा सैनामैनाका करण विकले ४, सुनिल पौडेलले ३, ज्ञानेश गौतमले २ र अशोक विकले १ विकेट लिए । 

    प्रतिउत्तरमा १ सय ६१ रनको लक्ष्य पछ्याएको सैनामैना ३१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ५९ रनमै रोकियो र १ रनले हार व्यहोर्यो । उसका लागि विशाल रानाले ३७, करण विकले २८, विक्रम गौतमले २४, विशाल डुम्रेले १४ र बसन्त खड्काले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । 

    बलिङमा गोलपार्कका युवराज सुवेदी र प्रदीप भण्डारीले समान ३–३ विकेट लिए । यस्तै, नवजीवन क्षेत्रीले २ तथा आदित्य बन्जाडे र ईश्वर क्षेत्रीले १–१ विकेट लिए । गोलपार्कका युवराज सुवेदी म्यान अफ द म्याच भइ १ हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने छ ।

    प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टीमको सहभागिता छ । प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिताको विजेता पुरस्कार एभरेष्ट कत्था मिल तथा उपविजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष तथा विके ज्वेलर्स, भैरहवाका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij