बिहिवार , फाल्गुण ४, २०७९
काठमाडौं। ग्यास लिक भएर आगलागीमा परी घाइते हुनुभएका कांग्रेस सांसद चन्द्र भण्डारीलाई थप उपचारका भारत लगिएको छ ।
कीर्तिपुर बर्न अस्पतालमा यथोचित उपचार सम्भव नभएपछि भण्डारीलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा लगिएको हो ।
बुधबार राती घाइते भएका नेता डा भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देश बाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सुझाव दिएको थियो ।
आफ्नो निवासमा ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा तथा अनुहार गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।
तातोहावा र धुवाँको कारणले भण्डारीको श्वासनलिमा जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij