
बिहिवार , फाल्गुण ४, २०७९
काठमाडौं, ४ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।यसअघि बुधबार पनि सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज चाँदी प्रतितोला १२ सय ८४ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij