२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

किर्तिपुर अस्पताल भन्यो, ‘सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन’

बिहिवार , फाल्गुण ४, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, ४ फागुन । हिजो राती ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ ।

    हिजो राती  ग्याँस लिक भएपछि घाइते भएका सांसद भण्डारीलाई बानेश्वरस्थित सिभिल मल हुदैँ किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ ।

    ‘माननीयज्यूको अनुहार, हात तथा दुबै गोडामा गरी २५–३० प्रतिशत जलन भएको तथा  स्वाशनलीमा तातो हाँवा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना देखिन्छ’ अस्पतालका जलन बिभागका प्रमुख किरण नकर्मीले जानकारी दिए । 

    सो अस्पातालको मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार नेपालमा उहाँहरुको उपचार सम्भव नभएकाले बिदेशमा उपचार गराउन सबन्धित परिवारलाई सुझाव दिईएको छ। परिवारजनका अनुसार उनलाई भारत लैजाने तयारी भईरहेको छ।

    newskarkahna-news460650..jpeg