
बिहिवार , फाल्गुण ४, २०७९
भैरहवा, ८ माघ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आगामी फागुन १९ र २० गते हुने ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा संघका पूर्व कार्यसमिति सदस्य गंगासागर अग्रहरीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
उनले दुईपटक कार्यसमिति सदस्य पदमा रहेर जिम्मेवारी निर्वाह गरिसकेकाले पदाधिकारी (कोषाध्यक्ष)मा उम्मेदवारी दिने बताए । उनले भने,‘ मैले दुई कार्यकाल कार्यसमिति सदस्यको जिम्मेवारी पूरा गरिसकेको छु, पदमा रहँदा वा नरहँदा निरन्तर उद्योगी व्यवसायीको हकहितको लागि काम गर्दै आएको छु ।’
उनले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको कोष वृद्धि गर्न तथा बलियो बनाउन, उद्योग व्यवसायीको हकहितमा काम गर्ने भएकोले उद्योगी व्यवसायीले आफूलाई जिताउनुपर्ने बताए । उनले आफू २०६६ सालदेखि संघमा आबद्ध रहेको जानकारी दिए । अग्रहरीले २० वर्षदेखि खाद्यान्न व्यवसायमा लागेको बताए ।
सिद्धार्थनगर नगरपालिका–४ निवासी अग्रहरी अभिषेक इन्टरप्राइजेज सिद्धार्थनगर–४, उद्योगपुरीका सञ्चालक हुन् । उनी विभिन्न संघ–संस्थामा आबद्ध छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij