२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

युवा उद्यमी मञ्च रुपन्देहीको कार्यालय उद्घाटन

सोमवार , पौष १३, २०७७

बुटवल, १३ पुस । 
नेपाल युवा उद्यमी मञ्च रुपन्देहीको कार्यालय उद्घाटन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले अभिभावकीय भूमिका निभाएको युवा उद्यमी मञ्च रुपन्देहीको बुटवलको संगम पथमा रहेको संघकै पुरानो भवनमा कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै अध्यक्ष हमालले कार्यालय उद्घाटनसंगै युवा उद्यमी मञ्चलाई अफिलसियल काममा सहयोग पुग्ने बताए । उनले युवा उद्यमी मञ्चले उद्यमशिलता विकास हुने गरी कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरे । अध्यक्ष हमालले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अधिवेशनमा संघले पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठलाई अगाडी सारेको जानकारी गराउँदै सहयोगी भूमिका निर्वाह गर्न समेत आग्रह गरे ।

त्यस्तै कार्यालय उद्घाटन कार्यक्रममा युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष उमेश अमात्यले बुटवल उद्योग वाणिज्य संघको अभिभावकत्वमा संस्था स्थापना भएको र सोही अनुसार संघले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि साथ सहयोगको अपेक्षा व्यक्त गरे । उनले प्रदेश अध्यक्षमा संघले अगाडी बढाएको उम्मेदवार श्रेष्ठले मञ्चले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले उद्योग वाणिज्य संघले कार्यालय उपलब्ध गराएको धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष आनन्द ओझा, द्वितीय उपाध्यक्ष निरज लाकौल लगायतले भनाइ राखेका थिए ।