images

सोमवार, बैशाख १७ गते २०८१

एम्स ईन्ट्रा कलेज फुटसल प्रतियोगिता सम्पन्न

एम्स ईन्ट्रा कलेज फुटसल प्रतियोगिता सम्पन्न

images
images
images
बुधवार, फाल्गुण ३ २०७९
बुधवार, फाल्गुण ३ २०७९
  • एम्स ईन्ट्रा कलेज फुटसल प्रतियोगिता सम्पन्न

    बुटवल, ३ फागुन ।
    एम्स कलेजको आयोजनामा बुधबार ईन्ट्रा कलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनीहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यसहित अध्ययनसँग वार्षिक रुपमा खेलकुद गतिविधि गर्दै आएको संयोजक विकास श्रेष्ठले बताए । 

    images

    बुधबार भएको खेलमा पुरुषतर्फ तेस्रो वर्षको टीम विजयी भएको हो । मोनासिला फुटसल एरिनामा बुधबार भएको खेलमा तेस्रो वर्षको टिमले चौथो वर्षको टीमलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।

    बीबीएस तेस्रो वर्षको टीमको जीतमा निरज अधिकारी २, आशिष गौतम २ र मनिष अधिकारी १ गोल गरेका थिए । चौथो वर्षका हर्षित भुसाल ह्याट्रिक गरेका थिए । महिलातर्फ भने बीबीएस चौथो वर्षको टीमले बाजी मार्यो ।

    बीबीएस तेस्रो वर्षका विद्यार्थीलाई ट्राईबेकरमा २–० गोल अन्तरले चौथो वर्षका टीम विजयी भएको हो । प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ २ टीमका बीच खेल भएको थियो । कलेजका प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, डाईरेक्टर गोबिन्द बस्याल, कलेजको कार्यक्रम संयोजक सुरज शाक्यले एम्स कलेज विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा विशेष जोड दिदै समाजप्रति उत्तरदायी बनाउने गरी कार्यक्रमहरु गर्दै आएको बताए ।

    कार्यक्रममा क्याम्पस प्रमुख दीपक ढकालले कलेजको विशेष कार्यक्रममा विजेता तथा उपविजेता टीम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij