images

सोमवार, बैशाख १७ गते २०८१

भेट्रान्स ढल्के जोवन कपको उपाधि विश्व शान्तिलाई        

भेट्रान्स ढल्के जोवन कपको उपाधि विश्व शान्तिलाई        

images
images
images
बुधवार, फाल्गुण ३ २०७९
बुधवार, फाल्गुण ३ २०७९
  • भेट्रान्स ढल्के जोवन कपको उपाधि विश्व शान्तिलाई        

    रुपन्देही, ३ फागुन । 

    images

    रुपन्देहीको सैनामैना वडा नम्बर ७ मा बुधबार सम्पन्न भेट्रान्स ढल्के जोवन कपको उपाधि विश्व शान्ति युवा क्लब सालझण्डीले हात पारेको छ । सालझण्डीले मुर्गिया एफ सीलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । 

    पहिलो हाफमा १–० को अग्रता बनाएको मुर्गिया दोस्रो हाफमा सालझण्डीका रेजिन श्रेष्ठको उत्कृष्ट प्रदर्शनसँगै ४ गोल खान बाध्य भयो । रेजिन एक्लैले ३ गोल गरेका थिए । भेट्रान्स ग्रुप सैनामैना–७ को आयोजना तथा सैनामैना नगरपालिका वडा नम्बर ७ को संरक्षकमा सम्पन्न प्रतियोगितामा १२ टीमको सहभागिता रहेको थियो । 

    ३५ वर्षमाथिका खेलाडीहरूलाई स्थानीय फुटबलको विकासमा थप रुची र चासो पुगोस् भन्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक ईश्वर दर्लामीले जानकारी दिए ।

    विजेता टीमले नगद ५ हजारसँगै २० किलोको बोका, शिल्ड र मेडल प्राप्त गरेको छ भने दोस्रो हुने मुर्गियाले रु. ३ हजार ५ सय नगद १५ किलोको बोका तथा शिल्ड प्राप्त गरेको वडाअध्यक्ष राजकुमार चौधरीले जानकारी दिए । संयोजक ईश्वर दर्लामीको अध्यक्षता तथा कृष्ण ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij