images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देही सुपर लिग : बुटवल राइनोज विजयी

रुपन्देही सुपर लिग : बुटवल राइनोज विजयी

images
images
images
बुधवार, फाल्गुण ३ २०७९
बुधवार, फाल्गुण ३ २०७९
  • रुपन्देही सुपर लिग : बुटवल राइनोज विजयी

    भैरहवा, ३ फागुन ।
    नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बुधबारकोे खेलमा बुटवल राइनोज विजयी भएको छ । उसले प्रोफेसनल मास्टर्स–११ लाई २ विकेटले पराजित गर्दै जीत निकालेको हो ।

    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मास्टर्स–११ ले निर्धारित ५० ओभरको खेलमा ३२.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ४५ रनको मध्यमस्तरको योगफल बनायो । उसका लागि आदित्य त्रिपाठीले ३८, इमरान खानले ३४, जितेन्द्र शाहनीले ३० र दिनेश अग्रवालले १२ रन बनाए ।

    बलिङमा बुटवल राइनोजका अलदिप कुँवरले ४, शिव कुँवरले २ तथा सुन्दर आले, अमर श्रेष्ठ र अरविन सारुमगरले समान १–१ विकेट लिए ।

    १ सय ४६ रनको लक्ष्य पछ्याएको बुटवल राइनोजले ४० ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसको जितमा अरविन सारुमगरले ३८, शैलेन्द्र यादवले ३७ र सुरज सारुमगरले नटआउट ११ रनको योगदान दिए ।

    बलिङमा मास्टर्स–११ का दिनेश अग्रवालले ३ तथा सामोत पौडेल, अनिल जैसवार, सचिन राजभर र इमरान खानले समान १–१ विकेट लिए । बुटवल राइनोजका अलदिप कुँवर म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत ३ गतेसम्म चल्नेछ ।

    प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टीमको सहभागीता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता विजेता पुरस्कार एभरेष्ट कत्था मिल तथा उपविजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्स, भैरहवाका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।
     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij