२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

राष्ट्रपतिद्धारा केन्द्रिय आयुर्वेद विद्यापिठ अस्पतालको भवन उदघाटन

बुधवार , फाल्गुण ३, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • दाङ,३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले  केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न गरेकी छन्।

    नेपाल संस्कृत विश्वविद्यालयको दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले  एक कार्यक्रमका बिचमा उद्घाटन गरेकी हुन ।

    हालै उदघाटित भवनमा ३ तला र १ सय ८ कोठाहरु छन् । आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको उक्त अस्पतालमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् ।

    नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो ।  ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त भवन २०७४ असार मसान्तमा निर्माण सम्पन्न भए पनि औपचारिक उदघाटन भने भएको थिएन ।