२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

बयानका लागि निलम्बित सांसद चौधरी अदालतमा

बुधवार , फाल्गुण ३, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • धनगडी, ३ फागुन । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।

    गत १९ माघमा बाँकेबाट पक्राउ परेका उनलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा जिल्ला अदालतमा उपस्थित गराइएको हो । गत २२ माघमा परेको उत्प्रेषण परमादेश र २७ माघमा  दर्ता बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै २९ मा उच्च अदालतका न्यायाधीश देशबहादुर सार्कीको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा ३ फागुनमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित हुन आदेश जारी गरेको थियो ।

    सोही आदेशअनुसार बुधबार उनलाई अदालतमा उपस्थित गराइएको हो ।