२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

एफइसी सहकारीद्वारा स्वर्गीय पौडेलको परिवारलाई सहयोग

सोमवार , फाल्गुण १, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • तिलोत्तमा, १ फागुन ।
    एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य इन्द्रलाल पौडेलको निधन भएकोमा उनको परिवारलाई शोक अनुदान प्रदान गरेको छ । सहकारीका शेयर सदस्य बुटवल उपमहानगरपालिका वडा नम्बर ११ निवारी निवासी पौडेलको हालै निधन भएको थियो ।

    सहकारीले पौडेलको घरमै पुगेर उनको परिवारलाई शोक अनुदान रकम प्रदान गरेको हो । राहतस्वरुप सहकारीले संस्थाको शेयर सदस्य कल्याणकारी कोषबाट १ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलले स्वर्गीय इन्द्रलाल पौडेलको परिवारलाई चेक हस्तान्तरण हस्तान्तरण गरेका थिए । 

    शोक अनुदानवापतको रकम हस्तान्तरणमा लागि सहकारीका अध्यक्ष तारानाथ कंडेल, वरिष्ठ सल्लाहकार हरिप्रसाद कंडेल, सचिव निरज कंडेल, सल्लाहकार विष्णु भण्डारी, सञ्चालक सदस्य बेदप्रसाद कंडेल, वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीलगायत पौडेलको घर पुगेका थिए ।

    त्यसअवसरमा आयोजित श्रदाञ्जली कार्यक्रममा सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले संस्थाको गतिविधिबारे प्रकाश पारेका थिए ।