२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा ज्ञवालीले उम्मेदवारी दिने

सोमवार , फाल्गुण १, २०७९

  • 6.2K
    Shares
  • 6.2K
    Shares
  • भैरहवा, १ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आगामी फागुन १९ र २० गते हुने ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा कमल ज्ञवालीले उद्योगतर्फ कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । २०५४ सालदेखि पोल्ट्रीफर्म व्यवसायमा आबद्ध ज्ञवालीले पहिलोपटक संघमा उम्मेदवार बन्न लागेको बताए ।

    ‘पोल्ट्री व्यवसाय (कुखुरा) मा नेपाल आत्मनिर्भर भए पनि पछिल्लो समय यो व्यवसाय धरासायी बन्दै गएको छ, यो क्षेत्रमा देखिएको समस्या समाधानका लागि राज्यका निकायसम्म पुर्याउन मैले उम्मेदवारी दिदैछु, ’उनले भने । त्यस्तै उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्या समाधान गर्न सम्बन्धित निकायसम्म पहल गर्न आफ्नो उम्मेदवारी रहेको ज्ञवालीले बताए । उनी दाउन्ने पोल्ट्री ब्रिडिङ्ग फार्म प्रा.लि., हिमाली पोल्ट्री डेभलपमेन्ट कम्पनी प्रा.लि. मा आबद्ध छन् ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ निवासी ४३ वर्षिय ज्ञवाली लायन्स क्लब अफ सिद्धार्थनगरको सह–कोषाध्यक्ष, नेपाल ह्याचरी उद्याेग सं‍घ लुम्बिनी प्रदेश सचिव, गोलिगढ टोल सुधार समितिको सदस्य र गुल्मी दौगा रुपन्देही सम्पर्क समाजको सचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।