images
images

शनिवार, जेठ ५ गते २०८१

रुपन्देही सुपर लिग : साई ग्लोबल एकेडेमी विजयी

रुपन्देही सुपर लिग : साई ग्लोबल एकेडेमी विजयी

images
images
images
आइतवार, माघ २९ २०७९
आइतवार, माघ २९ २०७९
  • रुपन्देही सुपर लिग : साई ग्लोबल एकेडेमी विजयी

    भैरहवा, २९ माघ ।
    नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आइतबार भएको खेलमा साई ग्लोबल एकेडेमी विजयी भएको छ । साई ग्लोबलले गोलपार्क क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दै जित निकालेको हो ।
     
    सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल निर्धारित ३८ ओभरको खेलमा ३३.४ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रनको योगफल बनायो । उसका लागि आशिष रोक्काले ३८, ऋषि रानाले २८ र अभिजित ज्ञवालीले १४ रन जोडे । गोलपार्कका दिवान पुनले ९ ओभर बलिङ गर्दै ४ मेर्डन राख्दै १० रन खर्चेर ६ विकेट लिए । यस्तै, गगन अधिकारी २ तथा ललित प्याकुरेलले १ विकेट लिए ।
     
    जवाफी ब्याटिङ गरेको गोलपार्क १७ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमै समेटियो । उसका लागि आदित्य बन्जाडेले १४ र गगन अधिकारी १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न साई ग्लोबलका आरिफ खानले ५, विवेक कोहारले ३ र अनिल यादवले १ विकेट दिए । साई ग्लोबलका आरिफ खान म्यान अफ द म्याच भइ १ हजार रुपैयाँबाट पुरस्कृत भए ।
     
    रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टीमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा  म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
     
    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर  नगरपालिका छन् । प्रतियोगिता विजेता पुरस्कार एभरेष्ट कत्था मिल तथा उपविजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्स, भैरहवाका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । प्रतियोगिता चैत्र ३ गतेसम्म चल्नेछ ।

    images
    images
    images

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij