२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सिद्धार्थनगर–५ मा ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रम 

आइतवार , माघ २९, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २९ माघ । 
    महालक्ष्मी लाइफ इन्स्योरेन्सले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयमा ‘महिला सशक्तिकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । 

    कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले रोजगारसँगै महिला लिडर बनाउने कार्यक्रमको पुर्ण सफलताको कामना गरे । उनले महिलाहरु बीमाको माध्यमबाट मार्केटिङमा दक्ष बन्दै आर्थिक उपार्जनमा जोडिन आग्रह गरे ।  

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको अत्यन्तै प्रभावकारी कार्यक्रम ल्याएकोमा पूर्ण सफलताको कामना गरे । 

    महालक्ष्मी लाइफ इन्स्योरेन्सका एरिया ब्रान्च म्यानेजर अमरदीप गुप्ताले महिला शसक्तिकरणको बारेमा प्रष्ट पार्दै कार्यक्रम मार्फत धेरै महिलाहरुले कम्पनीमा रोजगारी पाएको बताउँदै महिला लिडर भएर काम गर्ने अवसर लिन महिलालाई आग्रह गरे । 

    वडा नम्बर १३ का अध्यक्ष सोमबहादुर गुरुङले महिलाहरु महिला सशक्तिकरणको माध्यमबाट समाजमा आर्थिक उपार्जनमा जोडिनु उत्तम कार्य भएको बताए । 

    वडा नम्बर ५ की वडा सदस्य सरस्वती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महालक्ष्मी इन्स्योरेन्स भैरहवा शाखा प्रमुख अजय त्रिपाठीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वागत मन्तव्य र एजेन्सी म्यानेजर शशि पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।